पाल्पा। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार बेलुका ६ बजे बस्ने गरी बैठक बोलाइएको हो । बैठकको मुख्य एजेण्डा भने बाहिरिएको छैन् ।
उद्यपी काठमाडौंसहित देशका मुख्य शहरहररुमा जेनजीहरूको प्रदर्शन र प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालका विषयमा बैठकमा छलफल हुने आकलन गरिएको छ ।
यसअघि सोमबार दिउँसो नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले भेटर जेनजीको प्रदर्शन र सामाजिक सञ्जान संचालनका विषयमा प्रधानमन्त्रीसंग छलफल गर्न सुझाव दिएको विषय बाहिरिएको छ । उता जेनजी प्रदर्शनमा हालसम्म ६ जनाको मृत्यु भएको छ।