गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं। गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा पुगेर गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्।

गृहमन्त्री लेखकलाई पदबाट राजीनामा दिन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सोमबार साँझ बूढानीलकण्ठमा बसेको पार्टी बैठकमा आग्रह गरेका थिए।

उक्त बैठकमा गृहमन्त्री लेखकले आजको घटनाबाट नैतिकताका आधारमा राजीनामा दिने बताएका थिए। लगत्तै उनी बालुवाटार पुगेर पदबाट राजीनामा दिएका हुन्।

तपाईको प्रतिक्रिया