पाल्पामा गरे जेनजी समूहले प्रदर्शन, भोलि के हुन्छ?

तानसेन। पाल्पामा पनि जेनजी पुस्ताको समूहले प्रदर्शन गरेका छन् । विभिन्न प्ले कार्ड बोकेका युवा पुस्ताहरुले युवा मार्न पाइदैन, भ्रष्ट्राचारीलाई फसी दे, युवालाई अवसर दे, नालायक सरकार राजीनामा दे जस्ता नारा लगाउँदै विभिन्न चोकहरुमा प्रदर्शन गरेका हुन ।

सोमबार बेलुका तानसेन नगरपालिका परिसरबाट सुरु भएको प्रदर्शन आन्दोलनचोक, माथिल्लो पेट्रोलपम्प, तेर्सो सडक हुँदै जिल्ला प्रशासन कार्यालय अघिसम्म पुगेको थियो। नारा जुलुससहित सडकमा उत्रिएका युवाहरुले मंखनटोल, सित्तलपाटी, नारायणस्थान, भिमसेन टोल हुँदै लखन थापाको शालिक भएको स्थानमा पुगेर सोमबारको प्रदर्शन सम्पन्न भएको जनाएका थिए ।

युवाहरुले शुसासन र युवालाई अवसरका लागि सरकारको ध्यानाकर्षण गराएको जनाएका थिए । उनीहरुले प्रदर्शनको क्रममा सरकारी पक्षबाट दमन गरी ज्यान गुमाएकाहरुको सम्झनामा श्रद्धाञ्जली स्वरुप दीप प्रज्वलनसमेत गरेका थिए ।

सोमबारको प्रदर्शन समापन भएपनि सरकारले आफूहरुका कुरा सम्बोधन नगरेसम्म थप कार्यक्रम गर्ने उक्त समूहले जनाएको छ । मंगलबार बिहान ११ बजे पुनः जिल्ला प्रशासन कार्यालय अगाडी थप प्रदर्शनका कार्यक्रमहरुसहित आफूहरु अघि बढ्ने प्रदर्शनका अघुवा सुशील बस्यालले नयाँधारलाई जानकारी दिए ।

तपाईको प्रतिक्रिया