जेन–जी आन्दोलनमा मृत्यु भएकाको परिवारलाई सरकारले १० लाख दिने

काठमाडाैं।  सरकारले जेन–जी आन्दोलनमा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेकी हुन् ।

सरकारले मृतकलाई शहिद घोषणा गर्ने समेत निर्णय गरेको छ । मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्री कार्कीले आन्दोलनमा मृत्यु भएकाहरूलाई शहिद घोषणा गर्दै मृतकका परिवारलाई प्रति व्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए । त्यस्तै, घाइतेहरूको निशुल्क उपचार गर्ने निर्णय भएको र त्यही अनुसार उपचार गर्ने काम भइरहेको उनले बताए ।

साथै, मृतकको शवलाई आफ्नो स्थानीय क्षेत्रमा पु¥याउन चाहनेलाई सवारी साधनको व्यवस्था पनि सरकारले गर्ने निर्णय भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया