तानसेन। विघटित प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका पोलिटिब्यूरो सदस्य ठाकुर प्रसाद गैरेले अहिलेको आवश्यकता संसद पुनःस्थापना गरी राष्ट्रिय सहमितको सरकार बनाउनु रहेको बताएका छन् । उनले असंवैधानिक सरकारसंग कुनै नैतिक अधिकार नभएको हुँदा एक मिनेट पनि सरकारमा बस्न नहुने बताए ।
शनिवार पाल्पा सदरमुकाम तानसेनमा नेकपा एमालेले आयोजना गरेको जनप्रर्दशन सभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकार असंवैधानिक भएको हुँदा निर्वाचन गराउने पक्षमा नभएको आरोप लगाए ।
उनले अहिलेको सरकारले निर्वाचन नगराउने दावी गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि संसद पुनस्स्थापना र संविधान संसोधन गरेर निर्वाचनमा जानुपर्ने बताए ।
“अहिलेको अवस्थामा निर्वाचनमा जानुको विकल्प छैन, हामी त्यसको पक्षमा छौं । तर, त्यसका लागि संसद पुनःस्थापना र राष्ट्रिय सहमितको सरकार आवश्यक छ ।” गैरेले भने ।
नेता गैरेले थपे, – ” वर्तमान सरकार चुनाव विरोधी सरकार हो। यो सरकारले फागुन २१ गते तोकिएको चुनाव बाहेक केही होइन् , प्रतिनिधि सभाको निर्वाचन गर्ने हो भने, अहिले संसद विघटना गर्नुको कारण के हो? अहिले जेनजीहरुलाई ढाल बनाएर, उनीहरुको काधमा बन्दुक राखेर प्रतिनिधिसभा विघटन गरेर पुनः प्रतिनिधिसभाको निर्वाचन गराउनु भनेको आफ्नो छोरो मारेर पूर्णिमाको व्रत गर्नु बाहेक केही होइन ।” गैरेले भने ।
नेता गैरेले अहिले स्वयम् जेनजी आन्दोलनका नेताहरुले नै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागिरहेको अवस्थामा वर्तमान असंवैधानिक सरकार अब एक मिनेट पनि कुर्चिमा बस्ने नैतिक आधार गुमाएको बताए ।
उनले राष्ट्रिय सहमितको सरकार बनाएर संविधान संसोधन गरी फागुन २१ मा होइन, मंसिर २१ मै निर्वाचन गराएपनि नेकपा एमाले तयारी अवस्थामा रहको दावी गरे ।
नेकपा एमालले देशभर गरेको प्रदर्शन देशमा शुसासन र लोकतन्त्रको रक्षाका लागि भएको दावी नेता गैरेले नेपाली काँग्रेससहितको दलको रक्षाका लागि पनि एमालेले पहल गर्ने र त्यसका लागि देशभर जनप्रर्दशन गरिएको बताए ।
जनप्रर्दशनमा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेल, अनेरास्ववियुका जिल्ला अध्यक्ष सन्देश ढकाल, जेनजी महिला नेतृ इन्दु गाहालगायतको सम्बोधन गरेका थिए। सभामा सभामा जिल्लाभरबाट दुई हजारबढी नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।





















