रैनादेवी छहरामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । रैनादेवी छहरा–५, स्थित कटौजेपानी खेलमैदानमा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३२४ जना खेलाडीको सहभागिता रहेका छ ।

प्रतियोगीताको उद्घाटन रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुकमांगत भट्टराईले गरे । प्रतियोगीताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भट्टराईले विद्यार्थीहरूमा रहेको सीप र कलालाई उजागर गर्दै पालिका स्तरबाट माथि उठेर केन्द्रसम्म पहिचान दिन सक्नुपर्ने बताए । उनले खेलाडीहरूलाई प्रोत्साहित गर्दै भने, “प्रतियोगितामा पराजय भएपनि यसलाई हारका रूपमा नभई सिकाइका रूपमा लिनुपर्छ । आजको कमजोरीबाट सिकेर आगामी दिनमा विजयी हुने संकल्प गर्नुपर्छ ।”

गाउँपालिका उपाध्यक्ष युवराज थापाले खेलाडीहरुले खेलका क्रममा अनुशासित हुनुपर्ने बताए । उपाध्यक्ष थापाले भने, “खेलाडीहरू अनुशासित भएर मैदानमा उत्रिँदा मात्र सफलता मिल्छ । खेलाडीमा सधै अनुशासन र मेहनति हुनु आवश्यक छ ।”

रैनादेवी छहरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपालले खेलाडीहरूले भोलिका दिनमा राष्ट्रकै पहिचान बोक्न सक्ने गरी तयारी गर्नुपर्ने बताए । उनले भने, “सबै कुरा जित्न मात्र सकिँदैन, केही कुराहरू हारबाट पनि सिक्नुपर्छ । मैदानभित्र र बाहिर सधैं सकारात्मक व्यवहार देखाउनु नै एक असल खेलाडीको गुण हो ।”

रैनादेवी छहरा गाउँपालिकाको सामाजिक विकास समिति संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष प्रदिप पौडेलले साथी–साथीबीचको स्वस्थ प्रतिस्पर्धाले नयाँ कुरा सिक्न मद्दत गर्ने बताए । उनले भने, “यो प्रतियोगिताले स्वच्छ प्रतिस्पर्धाको विकास गर्छ । यसबाट विद्यार्थीको व्यक्तित्व विकास हुनुका साथै विद्यालयको पहिचानमा समेत ठूलो योगदान पुग्नेछ ।”

प्रतियोगिताले स्थानीय स्तरमा रहेका प्रतिभालाई प्रस्फुटन गराउने विश्वास लिइएको आयोजकले जनायो । प्रतियोगीताको पहिलो दिन भलिबल र कबडी खेल प्रतियोगीता भएको छ । प्रतियोगीता पुस १६ गतेसम्म सञ्चालन हुने रैनादेवी छहराका शिक्षा शाखा प्रमुख तेज कुमालले बताए । प्रतियोगीतमा पालिकाभित्रका वडाध्यक्ष,  कार्यापालिका सदस्य, राजनीतिक दलका प्रमुख, वडा सदस्य, विद्यालयका शिक्षक, विद्यार्थी तथा कर्मचारीको सहभागिता छ ।

प्रतियोगीतामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपालको स्वागत मन्तव्य, सामाजिक विकास समिति संयोजक तथा वडा नं. ३ का वडा अध्यक्ष प्रदिप पौडेल अध्यक्षता र शिक्षा शाखा प्रमुख तेज कुमालको सञ्चालनमा सम्पन्न भएको होे ।

तपाईको प्रतिक्रिया