तानसेन। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) पाल्पाले पूर्व अर्थ मन्त्रीसहितका उम्मेदवारको नाम सिफारिस गरेको छ । शनिबार क्षेत्रीय कमिटिको बैठकबाट एमालेले पाल्पा क्षेत्र नं. १ बाट ६ जना र क्षेत्र नं. २ बाट ४ जनाको नाम सिफारिस गरेको हो ।
जसमा क्षेत्र नं. २ बाट एमाले उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विण्णुप्रसाद पौडेलको नामसहित अन्य तीन जनालाई सिफारिस गरेको छ । सिफारिस हुनेमा केन्द्रीय सदस्य ठाकुर गैरे, संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे र नेता रामबहादुर राउत रहेका छन्।
यस्तै पाल्पा क्षेत्र नं. १ बाट एमालेका केन्द्रीय सदस्य नारयणप्रसाद आचार्य, लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय लेखा आयोगका सदस्य निल सारू, जिल्ला उपाध्यक्ष बिमल काफ्ले, शिव अर्याल र दुर्गादेवी रानाको नाम सिफारिस गरिएको एमाले पाल्पाले जनाएको छ।





















