प्रतिनिधिसभा निर्वाचनः राप्रपा पाल्पाबाट कुवंरसहित ६ जना सिफारिस

तानसेन। राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाले आगामी निर्वाचनका लागि ६ जना उम्मेद्वारको नाम सिफारिस गरेको छ। आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ क्षेत्र नं. १ बाट ३ र क्षेत्र नंं २ बाट तीन गरी ६ जनाको नाम सिफारिस भएको हो ।

क्षेत्र नं.१ मा बृहपति अर्याल, भिमराज राना र कृष्ण अर्यालको नाम सिफारिस भएको छ । यस्तै क्षेत्र नं. बाट पार्टी अध्यक्ष डुलबहादुर कुवंर, नारायण कोइराला र नारायण बहादुर कुवंरको नाम सिफारिस भएको राप्रपा पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया