पाल्पा। पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार बिहान पाल्पादेखि गुल्मीतर्फ जाँदै गरेको ना ८ ख ३६५ नम्बरको टिपर तानासेन रिडी तम्घास सडक खण्डको जोर्तेमा दुर्घटना भएको हो।
प्रहरीका अनुसार टिपरका चालकको मृत्यु भएको। गुल्मी घर भएको जानकारी भएपनी चालकको पुरा विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिए।
करिब दुई सय बोरा सिमेन्ट बोकेको टिपर बिहान ४ बजेतिर सडकदेखि अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


















