पर्यटन प्रवर्द्धनमा नयाँ आशा : रामपुर ८ को गुरुङगाउँमा होम-स्टे सम्भाव्यता अध्ययन

पाल्पा । रामपुर नगरपालिका वडा नम्बर ८ स्थित भुजात, गुरुङगाउँमा घरबास (होम-स्टे) सञ्चालनका लागि सम्भाव्यता अध्ययन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ओझेलमा परेको यस गुरुङ बस्तीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले वडा कार्यालयको आयोजनामा सो अध्ययन गरिएको हो।

समुद्री सतहदेखि उच्च भागमा रहेको गुरुङगाउँ प्राकृतिक दृष्टिले अत्यन्तै मनोरम छ। यहाँबाट विभिन्न हिमशृङ्खलाका साथै कालिगण्डकी नदीको नागबेली दृश्य, गण्डकी बेशीका समथर भू(भाग र प्रसिद्ध सिद्धबाबा धामको अवलोकन गर्न सकिन्छ। पाल्पामा यति मिलेको बस्ती रहेको गुरुङ गाउँमा होम स्टेको संभावना प्रवल भएकाले वडाले कार्यक्रमको आयोजना गरेको वडा नम्वर ८ का वडा अध्यक्ष दिनेश आचार्यले बताए। उनले होमस्टे संचालनका लागि वडाले रामपुरमा आउने पर्यटकहरुलाइ रामपुरमै राख्नु पर्छ भन्ने उद्देश्का साथ काम शुरु गरेको बताए ।

नेपाल उद्यानमहासघका उपाध्यक्ष दलबहादुर गुरुङ र मणिमुकुन्द सेन संरक्षण समिति बुटवलका युवराज घिमिरेले सम्भावयता अध्यायन पश्चात अन्तक्रिया गरि होमस्टे संचालनका विशेषता ,चुनौति, काम र अधिकार लगायतका विषयमा जानकारी गराउनु गराए। हाल युवाहरु बैदेशिक रोजगारिका लागि विदेश पलायन हुने समस्यालाइ समेत मध्ये नजर गदै काम शुरु गर्नै वडाले पहल गरिरहेको छ ।

१० घर गुरुङबस्ती रहेको गुरुङगाउँमा होमस्टे संचालन गर्ने सके रामपुरमा धेरै पर्यटक भित्राउन सकिने पनि सहभागिले बोलेका थिए । अन्तरक्रिया कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले बोल्दै बाहिर बाट रामपुर आउनेले होम स्टेको बारेमा सोध्ने र रामपुुरमा होम स्टे नभएकाले पनि तथा गुरुङ बस्ती होम स्टेको सम्भावना प्रवल भएकाले संचालन गर्नु पर्ने र रामपुर नगरपलिकाले जतिबेला पनि सहयोग गर्ने बताए । बैधानिक तरिकाले संचालन गर्ने समेत अनुरोध गर्नु भयो । कार्यक्रममा समाजसेविी फणेश्वर गौतमले होम स्टे रामपुरमा आवश्यक रहेको र गुरुङगाउँ अति सम्भावना भएकोले यसलाइ सबैले साथ र सहयोग गरि संचालनमा ल्याउनु पर्छृ भन्दै आफुले सक्दो सहयोग गर्नै प्रतिबद्धता जनाउनु भएको छ ।

कार्यक्रममा पत्रकर महासघ पाल्पाका उपाध्यक्ष बन्दना पोखरेलले प्रवल सम्भावना भएको गुरुङगाउँको विकास सगै होम स्टे संचालनका लागि मिडियाले गर्ने प्रचारप्रसारमा कन्जुसाइ नहुने बताए। छलफल कार्यक्रममा जनप्रतिनिधि टोलविकास सस्था समाजसेवि राजनितिक दल पत्रकार लगायतको सहभागिता रहकेो कार्यक्रमको संचालन वडा सचिव बासुदेव ढकालले गरेका थिए ।

तपाईको प्रतिक्रिया