काठमाडाैं। निर्वाचन आयोगले नेपाली काँग्रेसको विशेष महाधिवेशनले गरेको निर्णयलाई वैधानिकता दिएको छ । शुक्रबार नेपाली काँग्रेसका दुवै पक्षसँगको छलफलपछि आयोगको बैठकले गगन थापा सभापति भएको काँग्रेस आधिकारिक प्रदान गरेकाे छ। विशेष महाधिवेशनको विवरणकाे पक्षमा निर्णय गरेको आयोगले जनाएकाे छ ।
यो निर्णयसँगै गगन थापा नेतृत्वको नेपाली काँग्रेस आधिकारिक नेपाली काँग्रेस बनेको छ । अब रुख र चारतारे झण्डा थापा नेतृत्वकै काँग्रेसमा रहने बताइएकाे छ । उता संस्थापन पक्षले याे निर्णय गलत भएकाे दावी गरेका छन्।





















