काठमाडाैं।आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आयोगका प्रतिनिधिहरूले आचारसंहिताबारे जानकारी समेत गराइसकेका छन् ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू हुने भएकाे हाे।
निर्वाचन आयोगका अनुसार माघ ६ गते उम्मेदवार मनोनयन हुँदैछ । दलहरु उम्मेदवार छनोटमा लागिरहेका छन् । निर्वाचन आचारसंहिता कस्ताे अवस्थामा क-कसलाई लाग्नेछ हेर्नुहाेस्ः
- नेपाल सरकार र नेपाल सरकारका मन्त्री,
- प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री,
- संवैधानिक निकाय र सो निकायका पदाधिकारी,
- नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी,
- स्थानीय कार्यपालिका र सोका सदस्य,
- सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी,
- सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी,
- सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी,
- राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन,
- उम्मेदवार तथा सम्बन्धित व्यक्ति,
- राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि,
- सार्वजनिक पद धारण गरेको व्यक्ति,
- अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता,
- पर्यवेक्षण संस्था तथा पर्यवेक्षक,
- सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी,
- निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी,
- विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी,
- मतदाता,
- विकास साझेदार संस्था,
- सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी,
- मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी,
- निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार,
- वस्तु तथा सेवा प्रदायक व्यवसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार, र
- आयोगले तोकेका अन्य निकाय वा व्यक्ति।





















