पाल्पा। पूर्वी पाल्पाकाे निस्दी गाउँपालिकाका कार्यालय सहयाेगीकाे करेन्ट लागेर मृत्यु भएकाे छ । मृत्यु हुनेमा निस्दी-४ का ३५ वर्षीय लालबहादुर खन्गाहा रहेकाे प्रहरीले जनाएकाे छ । आइतबार दिउँशाे २ बजेतिर वायु उर्जाकाे काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका खन्गाहाकाे उपचारका क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
वायु उर्जाकाे विद्युतमा समस्या देखिएपछि पाेलमा चढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका खन्गाहाकाे मध्यविन्दु अस्पताल नवलपुरमा उपचारकाे क्रममा बेलुकी ५ बजेतिर मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।


















