जनमोर्चा पाल्पाबाट सिंजाली र दर्लामीले पाए टिकट

तानसेन। राष्ट्रिय जनमोर्चाले पाल्पाबाट दुवै क्षेत्रका लागि उम्मेद्वारको टुँगो लागाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारको नाम टुंगिएको हो।

पार्टीको केन्द्रीय निर्णयअनुसार पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट नरमती सिंजाली र क्षेत्र नं. २ बाट विशाल दर्लामीको नाम सिफारिस भएको राष्ट्रिय जनमोर्चा पाल्पाले जनाएको छ । यसअघि दुवै क्षेत्रका लागि ३/३ जनाको नाम सिफारिस भएको थियो । पार्टीको निर्णयअनुसार दुवै क्षेत्रका लागि युवा उम्मेद्वारलाई टिकट प्रदान गरिएको जनमोर्चा पाल्पाले जनाएको छ ।

क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका दर्लामी राष्ट्रिय जनमोर्चाका पाल्पा जिल्ला अध्यक्ष समेत हुन् ।

तपाईको प्रतिक्रिया