उम्मेद्वारी दर्ता गराउन सबै तयारी पूरा

तानसेन। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारको मनोनयन दर्ताको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ । सोमबार पत्रकारसंगको छलफलमा निर्वाचनका लागि सहभागी हुन मनोनयन दर्ताका लागि सर्वदलीय र सर्वपक्षीय छलफलपछि सम्पूर्ण तयारी पूरा गरिएको जनाइएको हो।

राजनीतिक दल र स्वतन्त्र उममेद्वारहरुलाई उम्मेद्वारी दर्ताका लागि समय तोकिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार बिहान ११ बजेदेखि साढे ४ बजेसम्म उम्मेदवारले नाम दर्ता गराउने कार्यक्रम सार्वजनिक गरिएको छ ।

पाल्पा क्षेत्र नं १ का लागि निर्वाचन अधिकृतको कार्यालय रामपुर नगरपालिकाको वडा नंं ५ मा र क्षेत्र नं २ का उम्मेदवारले मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको पाल्पा दरबार सङ्ग्रहालयमा नाम दर्ता गर्न पाउनेछन् । स्वतन्त्र उम्मेदवारले भने ११ बजेदेखि ४ बजेसम्म जुनसुकै समयका उम्मेदवारी दर्ता गर्न पाउने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा पंगेनीले जानकारी दिए।

यस्ताे छ कार्यतालिकाः

यस्तै निर्वाचन आचारसंहिताको बारेमा कार्यान्वय र अनुगमन, निर्वाचन सुरक्षा व्यवस्थासहित निर्वाचन प्रहरी छनोट र अन्य काममा लागि परेको मुख्य निर्वाचन अधिकृत पंगेनीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया