पाल्पामा स्ववियु निर्वाचित अखिल क्रान्तिकारीका पदाधिकारीहरू सम्मानित

पाल्पा । नेकपा माओवादी केन्द्र पाल्पाको आयोजनामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०८१ मा निर्वाचित पदाधिकारीहरूको सम्मान गरिएको छ । कार्यक्रममा अखिल क्रान्तिकारी निर्वाचित विद्यार्थीहरूलाई सम्मानित गरिएको हो । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदशन बरालले निर्वाचित अखिल क्रान्तिकारी विद्यार्थी सम्मानपत्रले सम्मान गरेका हुन् ।

त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा सभापति मिलन घर्ती मगरसहित एक सदस्य प्रत्यक्षमा जित्न सफल भएको छ । समानुपातिकतर्फ ३ सदस्य हात पार्न सफल भएको हो । रामपुर स्थित सहित बहुमत क्याम्पसमा सचिव सहित तीन जना सदस्य जित्न सफल भएको छ । समानुपातिकतर्फ उपसभापति सहित ३ जना गरी ६ जना विजयी हुन सफल भएको हो ।

सो कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्षले यसले समाज र देशको परिवर्तनको आधार तयार गरेको बताए । उनले केपी शर्मा ओलीको नेतृत्वमा चलेको सरकारले भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाए । नेकपा माओवादी केन्द्र पाल्पाका इन्चार्ज नेत्रप्रसाद पाण्डेले क्रान्तिकारी विद्यार्थी आन्दोलनलाई अझ बलियो बनाउने प्रतिबद्धता जनाए । उनले विद्यार्थी युवाको एकतालाई समाज परिवर्तनको प्रमुख शक्ति बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र पाल्पाका अध्यक्ष राजेन्द्र विश्वकर्माले अखिल क्रान्तिकारी परिवर्तनको पक्षमा रहेकोले देशभरि क्रान्तिकारी विद्यार्थीहरूको विजय भएको बताए । उनले भने, “क्रान्तिकारी विद्यार्थीहरूको पक्षमा आवाज उठाइएको छ, संघर्ष गरिएको छ, त्यसैले पाल्पा लगायत देशभर उनीहरूको जित सुनिश्चित भएको छ ।”
कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्वसभापतिहरु, नेकपा माओवादीका जिल्ला, प्रदेश तथा स्थानीय नेताहरु, अखिल क्रान्तिकारी विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको सञ्चालनमा नेकपा माओवादी केन्द्रका सचिव मथुरा ढकाल र कार्यक्रमको अध्यक्षतामा राजेश ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया