तानसेन। पाल्पाली गायक रुपेश कार्कीको लोक गीत है माया सामाजिक सञ्जालमार्फत चर्चामा छ । म परे है माया पाल्पाली बोलको लोक गीत युट्युवबाट सार्वजनिक भएपछि फेसबुक रिल, टिकटकलगायतका सामाजिक सञ्जालमार्फत चर्चामा आएको हो।
गीतमा रुपेश कार्की, गुन्जन मगर र एशोधा कार्कीले स्वर दिएका छन् । गीतको शब्द संगीत स्वयम कार्कील गरेका हुन् ।
गीतको भिडियोमा चर्चित मोडल नारायणी कार्की, प्रशान्त बुढाथोकीको अभिनय रहेको छ। तीन साता अघि सार्वजनिक भएको गीतले सबै तिरबाट चर्चा बटुलेको गायक कार्कीले बताए ।
”टिकटक र फेसबुकको रेलमा धेरैले माया गरेर भिडियो बनाइदिनु भएको छ । सांगीतिक क्षेत्रमा सबैको मायाले थप उत्साह थपिलएको छ।” कार्कीले भने ।
पाल्पा सदरमुकाम तानसेनका विभिन्न स्थानमा छायांकन गरिएको गीतको भिडियो रुपेश कार्की युटुटुव च्यानलबाट सार्वजनिक भएको हो ।
हेर्नुहोस भिडियो:





















