तानसेन। प्रेस चौतारी नेपाल तानसेन नगर कमिटीको अध्यक्षमा पवित्रा पराजुली चयन भएकी छन् । शुक्रबार तानसेनमा सम्पन्न दोस्रो अधिवेशनबाट पराजुली अध्यक्ष चयन भएकी हुन् ।
पराजुलीको अध्यक्षतामा चयन भएको कमिटीकाे उपाध्यक्षमा सिर्जना थापा क्षेत्री, सचिवमा सन्तोष पृथी, कोषाध्यक्षमा सिर्जना बोहरा तथा सदस्यहरुमा संजिला कार्की, सुमित रेग्मी र एलिसा जिसी चयन भएका छन्। यसअघि पराजुली नगरकमिटी सचिव रहेकी थिइन्।






















