दोस्रो रणउजिरेश्वरी कपको महिला भलिबलतर्फको लिग चरणको खेल सम्पन्न

शनिबार सेमिफाइनल खेल हुने

पाल्पा। तानसेनको टुँडिखेलमा संचालित दोस्रो रणउजिरेश्वरी कप अन्तरगत महिला भलिबलतर्फको लिग चरणको खेल सक्किएको छ। शुक्रबार सम्पन्न श्रीनगर भलिबल क्लब र कानुङ्ग मगर भलिबल क्लबबीचको खेलमा २-० को सोझो सेटमा कानुङ्ग मगर भलिबल क्लबले जित हात पारेको छ ।

योसंगै शनिबार हुने सेमिफाइनल खेलका लागि चार टिम छनोट भएका छन् भने, आयोजन श्रीनगर भलिबल क्बल बाहिरिएको छ । सेमिफाइनलका लागि चण्डेश्वरी भलिबल क्लब रिब्दीकोट, न्यू होराइजन क्लब तानसेन, कानुङ्ग मगर भलिबल क्लब र निस्दी भलिबल क्लब छनोट भएको श्रीनगर भलिबल क्लबकी उपाध्यक्ष विपना रानाले जानकारी दिइन् ।

प्रतियोगितामा प्रथम हुने समूहले ३० हजार, द्धितिय हुनेले २० हजार, तृतिय हुनेले १० हजार र सान्तवना हुनेले ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

तपाईको प्रतिक्रिया