लुम्बिनी प्रदेशका ७३ गाउँपालिकाको लिजा नतिजा: माओवादीकाे नेतृत्व उत्कृष्ट

तानसेन।  स्थानीय तह संस्थागत क्षमता स्वमूल्यकन (लिजा) मा लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरेका पालिका उत्कृष्ट भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार लुम्बिनीका ७३ गाउँपालिकामध्ये माओवादी केन्द्रले जितेका गाउँपालिका उत्कृष्ट तीनमा परेका हुन् ।

जसमध्ये गुल्मीको रुरुक्षेत्र गाउँपालिका ९० अंक ल्याउँदै लिजामा लुम्बिनी प्रदेशमा पहिलो, पाल्पाको रिब्दीकोट गाउँपालिका ८७.७५ अकं ल्याउदैँ दोस्रो तथा गुल्मीको धुर्कोट गाउँपालिका ८७.५० अंक ल्याएर तेस्रो भएका छन् । तीनवटै गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रले गर्दै आएको छ । रुरुक्षेत्रमा यदु ज्ञवाली, रिब्दीकोटमा नारायण बहादुर कार्की र धुर्कोटमा भुपाल पोखरेलले नेतृत्व गरेका छन् ।

प्रथम भएको रुरुक्षेत्र गाउँपालिकाले शासकीय प्रबन्धमा ९, संगठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १३, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा १०.५०, सामाजिक समावेशिकरणमा ९, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ९ तथा सहकार्य र समन्वयमा ५.५ं अकं प्राप्त गरेको छ।

यस्तै रिब्दीकोट गाउँपालिकाले शासकीय प्रबन्धमा ९, संगठन तथा प्रशासनमा ७.५०, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९.२५, सेवा प्रवहमा १४, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ११.५०, सामाजिक समावेशिकरणमा ८.५०, वातावरण संरक्षण तथा पिवद् व्यवस्थापनमा ७.५० तथा सहकार्य र समन्वयमा ५.५० अकं प्राप्त गरेको छ ।

यस्तै धुर्कोट गाउँपालिकाले शासकीय सम्बन्धमा ९, संगठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमामा ७, वित्तीय एवं आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १४, न्यायिक कार्यसम्पपादनमा ७, भौतिक पूर्वाधारमा १०, सामाजिक समावेशीकरणमा ९.५०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६ तथा सहकार्य र समन्वयमा ५.५० अंक प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ ।

पहिलो दोस्रो र तेस्रो हुने पालिका अध्यक्षहरुले शुसासन, पारदर्शिता र शून्य भष्ट्राचारको नीतिअनुसार काम गर्दा राम्रो नतिजा आएका बताएका छन् । जनप्रतिनिधि, कर्मचारी सबै तहबाट सहयोग मिलेका कारण राम्रो नतिजा आएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताए ।

देशभरीका चार सय ६० गाउँपालिकामध्ये रुरुक्षेत्र गाउँपालिका दोस्रो, रिब्दीकोट गाउँपालिका पाँचौ र धुर्कोट गाउँपालिका छैठौँ स्थानमा परेका छन् । देशभरमा ९१.७५ अकं ल्याउदैँ धादिङको बेनीघाट रोराङ गाउँपालिका प्रथम भएको छ ।

तपाईको प्रतिक्रिया