आज पनि धेरै स्थानमा पानी पर्ने

तानसेन। बंगालको खाडीमा विकसित मोन्था चक्रवातको आंशिक असरले बिहानैदेखि मधेश र कोशी प्रदेशका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ । अन्य प्रदेशका अधिका.श स्थानमा समान्यदेखि मध्ययम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार मोन्था चक्रवातको प्रणालीको प्रभाव आज कोशी र मधेश प्रदेशमा केन्द्रित हुने छ । त्यसको प्रभावले आज पनि कोशी र मधेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेको छ ।

साथै काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा मध्यम वर्षा र अन्य प्रदेशहरुमा हल्का वर्षा हुने उनको भनाइ छ । यसैगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगहरुमा हिमपातको समेत सम्भावना छ ।

शनिबार बिहानदेखि भने मौसममा सुधार हुने सम्भावना रहेको विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया