नेकपा पाल्पाको पहिलाे बैठकः के-के भयो निर्णय ?

तानसेन। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका कम्युनिस्ट पार्टीहरुबीच हालै भएको एकतापछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पाल्पाको बैठक बसेको छ । कम्युनिस्ट पार्टीहरुबीच भएको एकतापछि पूर्व पदाधिकारीहरूको संयुक्त बैठकले ऐतिहासिक एकतालाई स्वागतसहित पार्टी  संरचनाका विषयमा केही निर्णय गरेकाे जनाएकाे छ ।

बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकतालाई स्वागत गर्ने, जेनजी आन्दोलनमा सहिद भएकाहरुलाई श्रदाञ्जली दिने, मतदानमा सहभागी हुन आव्हान गर्ने, एकता कार्यदल बनाउने र कार्यदलको व्यवस्थापन गर्ने लगायतका निर्णय गरेको नेकपाका नेता मधुरा ढकालले जानकारी दिए ।

नेकपाका नेताहरु राजेन्द्र विश्वकर्मा र अशोककुमार शाहीले हस्ताक्षर गरेको विज्ञप्तिमा निम्न विषय समेटिएको छ।

हेर्नुहोस् विज्ञप्तिः

 

तपाईको प्रतिक्रिया