तानसेन। नेपालको चार धाममध्येको एक रुरु क्षेत्रधाम रिडीमा बिहानैदेखि भक्तजनको घुँइचो लगेको छ । पाल्पा, स्याङ्जा र गुल्मीको संगमस्थल रुरु क्षेत्र रिडीमा कालीगण्डकी नदी स्थान गरी भगवान ऋषिकेशको दर्शन गर्नेको घुँइचो लागेको हो ।
संक्रान्ति मेलाको अवसरमा रिडीमा मैदानमा पाँच दिने सास्कृतिक मेला समेत लाग्ने छ । मेलाको लागि हिमाली जिल्लाका व्यपारीहरु हस्तकलाका सामग्री र स्थानीय उत्पादन बेच्नका लागि आउने गरेका छन् ।
रिडीमा तीन दिनसम्म जेठी माइली र कान्छी संत्राmन्तिका रुपमा पवित्र कालीगण्डकीमा स्नान गरी नजिकै रहेको ऋषिकेश मन्दिरमा दर्शन गर्ने दर्शनार्थीको घुँइचो लाग्ने प्रचलन रहेको छ ।
यहाँ स्नान गरी भगवान ऋषिकेशको दर्शन गर्नाले मनोकाक्षा पूरा हुने र पितृप्रतिको भाव प्रकट हुने धार्मिक विश्वास रहेको छ । कालीगण्डकीमा स्नानका लागि देशका विभिन्न स्थनसंगै भारतबाटसमेत बाक्लो उपस्थिती हुने गर्दछ।


















