तानसेन। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार क्षेत्र नं. २ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं. १ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
क्षेत्र नंं २ का लागि तानसेनस्थित पाल्पा दरबार सङ्ग्रहालयमा कार्यालय स्थापना गरिएको हो । यस्तै रामपुर नगरपालिका वडा नं. ५ को कार्यालयमा क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन कार्यालय स्थापना भएपछि निर्वाचन सम्बन्धी कार्यक्रम सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए । दुई निर्वाचन क्षेत्रमा गरी जिल्लामा कुल दुई लाख सात हजार ४३६ जना मतदाता रहेका छन् ।
पाल्पामा ११८ मतदान केन्द्र र २५१ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।





















