तानसेन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पाल्पा क्षेत्र नं. २ बाट पूर्व मन्त्री सोमप्रसाद पाण्डेयलाई औपचारिक रूपमा उम्मेद्वार बनाएको छ। पार्टी नेतृत्वको छलफलपछि पाण्डेयलाई टिकट प्रदान गरेको नेकपाले जनाएको छ ।
्नेरकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाललगायत शीर्ष नेताहरूको उपस्थितिमा पाण्डेयलाई पाल्पा–२ को उम्मेद्वारी हस्तान्तरण गरिएको हो।
लामो समयदेखि राजनीतिमा सक्रिय नेता पाण्डेय २०५१ सालदेखि संसदीय निर्वाचनमा होमिदै आएका छन्। २०७० को संविधानसभा सदस्य र २०७४ पनि निर्वाचित भएका थिए । पाल्पा दमकडका पाण्डेय पूर्व उद्योगमन्त्री समेत भएका थिए । पाण्डेय नेकपा केन्द्रीय नेता हुन् ।





















