नेकपाबाट पाल्पा-१ मा सुनारी उम्मेद्वार

तानसेन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पाल्पा क्षेत्र नं. १ बाट हुमबहादुर सुनारी मगरलाई उम्मेद्वार बनाएको छ । पार्टी नेतृत्वको छलफलपछि सुनारीलाई टिकट प्रदान गरेको नेकपा पाल्पाका नेता मथुरा ढकालले बताए।

सुनारी रम्भा गाउँपालिका–२ फोक्सिङ्कोटका हुन् । उनी यसअघि माओवादी केन्द्र पृष्ठभूमिका हुन् । यस्तै नेकपाले पाल्पा क्षेत्र नंं २ मा पूर्व मन्त्रीसमेत रहेका सोमप्रसाद पाण्डेलाई उम्मेद्वार बनाएको छ ।

तपाईको प्रतिक्रिया