वन्यजन्तुको हैरानी रोक्न नीतिगत व्यवस्था गर्नेछुः पाण्डेय

वन्यजन्तुको हैरानी रोक्न नीतिगत व्यवस्था गर्नेछुः पाण्डेय
तानसेन। नेपाली कम्युनिस्ट पार्टीको तर्फबट पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार सोम प्रसाद पाण्डेयले वन्यजन्तुको हैरानी रोक्न नीतिगत व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले किसानले लगाएको बालीमा र बस्तीमै पुगेर हैरानी पुर्याएका वन्यजन्तुको व्यवस्थापनका लागि नीतिगत काननु आवश्यक रहेको औल्याए। शनिवार नेपाली कम्युनिस्ट पार्टी बगनासकाली गाउँ समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उम्मेद्वार पाण्डेयले दिउँसोमा, बाँदर, रातिमा दुम्सी, बदेल जस्ता जनावरले पारेको हैरानी बारे आफू सचेत रहे...

अहिलेकाे जनलहरले नेकपाको विजय सुनिश्चितः सोमप्रसाद पाण्डे

अहिलेकाे जनलहरले नेकपाको विजय सुनिश्चितः सोमप्रसाद पाण्डे
पाल्पा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रैनादेवी छहरा गाउँ समितिको विस्तारित बैठक सम्पन्न भएको छ। शुक्रबार सम्पन्न बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन केन्द्रित विषयलाई प्राथमिकता दिइएको बताइएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपाका नेता तथा पाल्पा क्षेत्र नंं २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेयले अहिले देखिएको जनलहरले नेकपाको विजय सुनिश्चित भएको दावी गरे । उनले विगतका निर्वाचनको तुलनामा जनताले नेपाली कांग्रेस र नेकपा एमालेभन्दा नेकपामाथि...

पाल्पा २ मा नेकपाको जित सुनिश्चित छः उम्मेद्वार पाण्डेय

पाल्पा २ मा नेकपाको जित सुनिश्चित छः उम्मेद्वार पाण्डेय
तानसेन। नेपाली कम्युनिस्ट पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार सोम प्रसाद पाण्डेयले सबैको भावना अनुसार उम्मेद्वार बनेको बताएका छन् । उनले फागुन २१ को निर्वाचन महान् अभियान रहेको हुँदा जेनजीको भावना र नेपाली कम्युनिस्ट पार्टीको अभियान एउटै रहेको दावी गरे । शुक्रबार नेपाली कम्युनिस्ट पार्टी तानसेन नगर समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै पाण्डेयले अन्य दलहरुमा उम्मेद्वारकै सिफारिसमा समस्या देखिए पनि आफू पाल्पाली जनताको माग र पार्टीको भाव...

शिद्धबाबामा सुरुङमार्ग निर्माणको पहिलो पहल मैले गरेको हुँ : नेता पाण्डे

शिद्धबाबामा सुरुङमार्ग निर्माणको पहिलो पहल मैले गरेको हुँ : नेता पाण्डे
पाल्पा-आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि पाल्पा क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेद्वार सोमप्रसाद पाण्डेले सिद्धार्थ राजमार्ग अन्तरगत शिद्धबाबामा सुरुङमार्ग निर्माणको पहल र प्रस्ताव सबैभन्दा पहिले आफूले गरेको बताउनुभएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नं. २ स्थित दोभानमा पार्टीले मंगलबार आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै पूर्वमन्त्री समेत रहनुभएका नेता पाण्डेले शिद्धबाबा क्षेत्रमा सवारी दुर्घटना बढेकाले स...

उम्मेद्वारी दर्ता गराउन सबै तयारी पूरा

उम्मेद्वारी दर्ता गराउन सबै तयारी पूरा
तानसेन। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारको मनोनयन दर्ताको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ । सोमबार पत्रकारसंगको छलफलमा निर्वाचनका लागि सहभागी हुन मनोनयन दर्ताका लागि सर्वदलीय र सर्वपक्षीय छलफलपछि सम्पूर्ण तयारी पूरा गरिएको जनाइएको हो। राजनीतिक दल र स्वतन्त्र उममेद्वारहरुलाई उम्मेद्वारी दर्ताका लागि समय तोकिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार बिहान ११ बजेदेखि साढे ४ बजेसम्म उम्मेदवारले नाम ...

नेकपाबाट पाल्पा-१ मा सुनारी उम्मेद्वार

नेकपाबाट पाल्पा-१ मा सुनारी उम्मेद्वार
तानसेन। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पाल्पा क्षेत्र नं. १ बाट हुमबहादुर सुनारी मगरलाई उम्मेद्वार बनाएको छ । पार्टी नेतृत्वको छलफलपछि सुनारीलाई टिकट प्रदान गरेको नेकपा पाल्पाका नेता मथुरा ढकालले बताए। सुनारी रम्भा गाउँपालिका–२ फोक्सिङ्कोटका हुन् । उनी यसअघि माओवादी केन्द्र पृष्ठभूमिका हुन् । यस्तै नेकपाले पाल्पा क्षेत्र नंं २ मा पूर्व मन्त्रीसमेत रहेका सोमप्रसाद पाण्डेलाई उम्मेद्वार बनाएको छ ।

जनमोर्चा पाल्पाबाट सिंजाली र दर्लामीले पाए टिकट

जनमोर्चा पाल्पाबाट सिंजाली र दर्लामीले पाए टिकट
तानसेन। राष्ट्रिय जनमोर्चाले पाल्पाबाट दुवै क्षेत्रका लागि उम्मेद्वारको टुँगो लागाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारको नाम टुंगिएको हो। पार्टीको केन्द्रीय निर्णयअनुसार पाल्पा निर्वाचन क्षेत्र नम्बर १ बाट नरमती सिंजाली र क्षेत्र नं. २ बाट विशाल दर्लामीको नाम सिफारिस भएको राष्ट्रिय जनमोर्चा पाल्पाले जनाएको छ । यसअघि दुवै क्षेत्रका लागि ३/३ जनाको नाम सिफारिस भएको थियो । पार्टीको निर्णयअनुसार दुवै क्षेत्रका लागि युवा उम्मेद्...

नेकपाबाट पाल्पा-२ मा पूर्व मन्त्री पाण्डे उम्मेद्वार

नेकपाबाट पाल्पा-२ मा पूर्व मन्त्री पाण्डे उम्मेद्वार
तानसेन।  नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पाल्पा क्षेत्र नं. २ बाट पूर्व मन्त्री सोमप्रसाद पाण्डेयलाई औपचारिक रूपमा उम्मेद्वार बनाएको छ। पार्टी नेतृत्वको छलफलपछि पाण्डेयलाई टिकट प्रदान गरेको नेकपाले जनाएको छ । ्नेरकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाललगायत शीर्ष नेताहरूको उपस्थितिमा पाण्डेयलाई पाल्पा–२ को उम्मेद्वारी हस्तान्तरण गरिएको हो। लामो समयदेखि राजनीतिमा सक्रिय नेता पाण्डेय २०५१ सालदेखि संसदीय निर्वाचनमा हो...

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुने
काठमाडाैं।आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आयोगका प्रतिनिधिहरूले आचारसंहिताबारे जानकारी समेत गराइसकेका छन् । आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता लागू हुने भएकाे हाे। निर्वाचन आयोगका अनुसार  माघ ६ गते उम्मेदवार मनोनयन हुँदैछ । दलहरु उम्मेदवार छनोटमा लागिरहेका छन् । निर्वाचन आचारसंहिता कस्ताे अवस्थामा क-कसलाई लाग्नेछ हेर्नुहाेस्ः नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रद...

पाल्पाको दुई स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

पाल्पाको दुई स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
तानसेन। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शुक्रबार क्षेत्र नं. २ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नं. १ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। क्षेत्र नंं २ का लागि तानसेनस्थित पाल्पा दरबार सङ्ग्रहालयमा कार्यालय स्थापना गरिएको हो । यस्तै रामपुर नगरपालिका वडा नं. ५ को कार्यालयमा क्षेत्र नं. १ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो...