उम्मेद्वारी दर्ता गराउन सबै तयारी पूरा
तानसेन। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारको मनोनयन दर्ताको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ । सोमबार पत्रकारसंगको छलफलमा निर्वाचनका लागि सहभागी हुन मनोनयन दर्ताका लागि सर्वदलीय र सर्वपक्षीय छलफलपछि सम्पूर्ण तयारी पूरा गरिएको जनाइएको हो।
राजनीतिक दल र स्वतन्त्र उममेद्वारहरुलाई उम्मेद्वारी दर्ताका लागि समय तोकिएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार बिहान ११ बजेदेखि साढे ४ बजेसम्म उम्मेदवारले नाम ...










