तानसेन। प्रेस चौतारी नेपालले प्रदेश स्तरीय दुई दिने लेखा व्यवस्थापन तालिम पाल्पामा सुरु भएको छ । प्रेस चौतारी नेपाल पाल्पा शाखाको आयोजनमा लुम्बिनी प्रदेश स्तरीय तमलिम सुरु भएको हो।
तालिमको सुभारम्भ गर्दै प्रेस चौतारीका केन्द्रीय महासचिव हिरामान लामाले अहिले राजनतिक संघ संघठन देखि तिनका भातृ संघ संगठनमा मौखिक हिसाब किताब भएपनि व्यस्थित लेखा प्रणाली नभएकोले अवस्थामा यो तालिमले चौतारीका सबै शाखाहरु लाई व्यवस्थित गर्न अभियान सुरु गरेको बताए।
उनले समयसंगै प्रविधिमैत्री मिडिया बनाउने काममा लागि परेको बताउदै पेशागत दक्षतालाई विकास गर्ने काममा संस्थागत रुपमा लागेको बताए । उनले गगिशिल, श्रमजीवीलाई प्रोत्साहन गर्ने चौतारी निरन्तर लागिपरेको बताउदै प्रेस चौतारीका सदस्यको दक्षतालाई बढ्वा दिदा समाचार कारखानाको रुपमा विकास गर्ने बताए ।
सो अवसरमा लुम्बिनी प्रदेश महासचिव निरु गौतमले सांगठनिक रुपमा लेखा तालिममार्फत आर्थिक गतिविधिलाई चुस्त दुरुस्त बनाउनका लागि समेत सिकाइ आदानप्रदान गर्ने काममा लाग्न सहयोगी हुने बताइन् ।
तालिममा लेखापालको अवधारणा र सिद्धान्त ,लेखा प्रणाली , लेखापरीक्षण र बेरुजुलगायतका विसयमा सहजीकरण हुने बताइएको छ । तालिम समारोहमा प्रदेश सहइन्चार्ज ,कमलराज तिमिल्सिना , प्रदेश सहइन्चार्ज रुद्र सुवेदीलगायतको उपस्थिति रहेको छ ।
प्रेस चौतारी लुम्बिनी प्रदेशका १२ जिल्लाका पदाधिकारीहरुका लागि लेखा व्यवस्थापन तालिममा लेखा परिक्षक दिवाकर अर्यालले गर्नेछन्। तालिममा कार्यालय व्यवस्थापन, नगदी रसिद, गोश्वरा भौचर, बैंक नगदी किताब, बजेट सिट, पेश्की खाता, मास्केवारी खर्चको फाँटवारी, डे बुकको बारेमा प्रशिक्षण हुनेछ ।
यस्तै पत्रकार महासंघ पाल्पाका पूर्व सचिव किरण कौशलले स्थानीय र प्रदेश सरकारका विषयमा वस्तुमा रिपोटिङ्ग गर्नु पर्ने विषयवस्तु, डा. रामबहादुर राउतले संस्थाको कोष वृद्धि, आर्थिक प्रतिवेदन तयार विधिको विषयमा, प्राध्यापक गुराश आत्रेय, लेखा परिक्षण र बेरुजुका विषयमा सहजीकरण गरेका छन ।
उद्घाटन सत्र प्रेस चौतारी पाल्पाका सचिव नारायण न्यौपानेको संचालन, केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज मिलन बिकको स्वागत मन्तव्य तथा शाखा अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा चलेको हो ।





















