पाल्पाभर आइतबार सार्वजनिक बिदा

तानसेन। लुम्बिनी प्रदेश सरकारले आगामी भाद्र १ गते आइतबार पाल्पा जिल्लामा सार्वजनिक बिदा दिने भएको छ । रणउजिरेश्वरी भगवतीको रथ यात्राको अवसरमा लुम्बिनी प्रदेश सरकारले जिल्लाभर सार्वजनिक बिदा दिने भएको हो।

बिदाका लागि शुक्रबार लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रकाशित सूचना अनुसार प्रदेश मन्त्रिपरिषद्को २०८१ साल चैत १४ गतेको निर्णय अनुसार पाल्पामा भगवती जात्रा मनाइने भएकाले विदा दिने निर्णय गरिएको हो ।

नेपाल र इस्ट इन्डिया कम्पनीबीच वि.सं. १८७१–७२ मा भएको युद्धमा नेपाली सेनाले प्राप्त गरेको ऐतिहासिक विजयको स्मरणमा प्रत्येक वर्ष भाद्र कृष्ण नवमीका दिन भव्य रूपमा भगवतीको सिन्दुरजात्रासहित रथजात्रा निकालेर विजयी उत्सव मनाउने प्रचलन छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer