आज पनि घट्यो सूनको मूल्य, कतिमा हुँदैछ कारोबार !

काठमाडौं । सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घटेको हो ।

यो कमीसँगै आज सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको थियो । तिहारयता सुनको मूल्य १५ हजार २ सय रुपैयाँ घटिसकेको छ । तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा ८० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६०० रुपैयाँ रहेको चाँदीको भाउ आज ३ हजार ५२० रुपैयाँमा झरेको महासंघले जनाएकाे छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको