आज राति हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

तानसेन । आज राति देशका सबै प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशको तराई भू-भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्नेछ।

त्यसैगरी, भोलि बिहान तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्ने सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र बिहानको समयमा हुस्सु तथा कुहिरोका कारण हुन सक्ने जोखिमबाट बच्न सावधानी अपनाउन  महाशाखाले अनुरोध गरेकाे छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको