पाल्पा । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचय बनाएका सिद्धार्थ गौतमको आज २५६८ औँ जयन्ती मनाइदै छ। इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६८ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित भई २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कएका थिए । बोधि अर्थात् अन्तिम सत्यको साक्षात्कार गरेको हुनाले उनलाई बुद्ध भनिएको हो ।
उनले राजकुमार भएर पनि राज्यको सुखसयल त्यागेर जप,तप र साधनापछि बुद्धत्व प्राप्त गरेका थिए ।
गौतम बुद्धका २० महान् भनाइहरु यसप्रकार छन्ः
१. लक्ष्यमा पुग्नुभन्दा जरुरी भनेको राम्रोसँग यात्रा गर्नु हो ।
२. शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो किनभने शरीर स्वस्थ नभए हाम्रो मन स्पष्ट र मजबुत हुँदैन ।
३. शान्ती मन भित्रैबाट आउँछ, बाहिर नखोज्नुहोस् ।
४. यदि तिमीले आफूलाई सच्चा प्रेम गर्छाै भने तिमीले कहिल्यै अरुलाई चोट दिन सक्दैनौ ।
५. खुसी आफूसित धेरै हुनुमा होइन बाँड्नुमा धेरै खुसी मिल्ने गर्छ ।
६. जसले अर्काको ईष्या गर्छ त्यसले मनको शान्ती पाउँदैन ।
७. एक जग पानी थोपा-थोपा मिलेर भरिन्छ ।
८. अरुको बाटो उज्यालो बनाएपछि मात्र तपाईको पनि बाटो उज्यालाे हुन्छ ।
९. प्रयोग नगरुन्जेलसम्म तपाईले बोलेका,सिकेका र पढेका वाक्य बेकार हुन्छन् ।
१०. जुन बेला तपाईले सबै सहयोग अस्वीकार गर्नुहुन्छ त्यो बेला तपाई मुक्त बन्नुहुन्छ ।
११. रिस पालेर राख्नु भनेको विष पिएर अरु मर्ने आश गर्नु हो ।
१२. भुतकाल बितिसक्यो, भविष्य अझै आएको छैन,तिमीसँग जीउनको लागि मात्र एक क्षण छ ।
१३. तपाईले बाटो परिवर्तन गर्नु भएन भने त्यहिँ पुग्नुहुन्छ जहाँ तपाई गइरहनु भएको छ ।
१४. हरेक मानिस आफ्नो रोग र स्वास्थ्यको रचना आफैले गर्छ ।
१५. राम्रो भुक्दैमा कुकुर राम्रो मनिन्न र राम्रो बोल्दैमा मानिस राम्रो कहलिँदैन ।
१६. जो मुर्ख साचाे धर्म जान्दैन त्यसका लागि जीवन लामो हुन्छ ।
१७. आफैलाई जित्नु अरुलाई जित्नुभन्दा ठूलो काम हो ।
१८. हामी जे सोच्छौँ त्यहि बन्छौँ ।
१९. सबै भन्दा अध्याँरो रात अज्ञानता हो ।
२०. खोक्रा शब्दहरु भन्दा शान्ती दिने एक शब्द नै उत्तम हुन्छ ।




















