पाल्पा । पाल्पाली समाज पोखराले २८ औं स्थापना दिवसको अवसरमा पाल्पा, स्याङ्जा र तनहुँ जिल्लाको संगमस्थलमा अवस्थित राधादामोदर आरोग्य आश्रमका आश्रितहरुलाई सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

पाल्पाली समाज पोखराका अध्यक्ष रेशम थापाको अध्यक्षतामा आश्रमका वृद्ध आमा बुवा हरुलाइ जाडोका लागि न्याना लुगा, खाद्यान्नका सामान र ओढ्नका लागि फाइबर सिरक प्रादान गर्ने कार्यक्रम भएको हो।

पाल्पा जन्मथलो र पोखरा लाई कर्मथलो गराउदै आउनुभएका पाल्पालीहरुले आफ्ना जिल्ला लाई लक्षित गरि एकता, सद्भाव अनि दुःख सुखमा एक अर्काका साथ बन्ने उध्देस्यले २०५१ सालमा स्थापना गरिएको संस्थाको २८ औं स्थापना दिवसमा राधादामोदर आरोग्य आश्रमका वृद्ध बुवा आमाहरुलार्इ एक ( एक जोर न्यानो लुगा , न्यानो टोपी , चामल , तेल , दाल र फाइबरको सिरक हस्तान्तरण गरिएको थियो।

संस्थाका दितिय उपाध्यक्ष , श्रीधर पराजुलीको स्वागत मन्तब्य बाट सुरु गरिएको उक्त कार्यक्रममा आश्रमका सामाजिक , आर्थिक अनि धार्मिक ब्यबस्थापन समितिका अध्यक्ष लेखनाथ बास्ताकोटिले आश्रम सम्वन्धि बताए । ९२ बर्षकि आमा नारायणी घिमिरे ज्यु बाट सुरु गरिएको सामाग्री बितरण कार्यक्रममा ५२ जना वृद्ध आमा बुबा हरुलाइ समेटेर सामाग्री बाडिएको थियो।

समाजमा आफ्नै परिवार अनि आफ्नै सन्तान बाट विभिन्न अपहेलना सहन र घर बाटै निस्कनु पर्ने अवस्था दिनदिनै सृजना भैरहेको बेला यो वृद्ध आमाबुवालार्इ न्यानो लुगा देखि खाद्यान्नका सामान हरु हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया