दमकडामा माण्डव्य ऋषि कप हुँदै

तानसेन। पाल्पाको दमकडा खेल मैदानमा दमकडा माण्डव्य ऋषि  कप फुटबल प्रतियोगिता हुने भएको छ।  दमकडा ब्रदर्स फुटबल क्लबको आयोजनामा कार्तिक १५ गतेदेखि प्रतियोगिता हुने भएको हो।

क्लबले स्थानीय स्तरमा रहेका प्रतिभावान खेलाडीहरूको पहिचान, खेल अवसरको सिर्जना तथा खेलाडीहरूबीच आपसी सद्भाव, भाइचारा र अनुशासनको विकास गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको जनाएको छ । आयोजक क्लबसहित कूल १४ वटा टिमले नाम सहभागी हुने प्रतियोगिताको उपाधि विजेता टिमलाई  एक लाख ५५ हजार ५५५  र उपविजेता टिमलाई  ७७ हजार ७७७ सहित मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरिने गरिने क्वलले जनाएका छ। यसका साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, धेरै गोलकर्ता, उदीयमान खेलाडी र म्यान अफ द म्याच जस्ता विधागत पुरस्कारहरूको पनि व्यवस्था गरिएको क्लबका सचिव केशव बस्यालले जानकारी दिए ।

खेल आयोजनाका लागि मैदानको घेराबार, नियमित सरसफाइ, मर्मतसम्भार, सुरक्षा, स्वास्थ्य व्यवस्था, एम्बुलेन्स, रेफ्री तथा अफिसियल व्यवस्थापन र प्रचारप्रसारलगायतका कामहरू समेटिएको यस प्रतियोगिताको अनुमानित लागत ९ लाख रुपैयाँ रहेको सचीव बस्यालले बताए ।

उक्त प्रतियाेगितकाे खर्च व्यवस्थापनका लागि पाल्पाका विभिन्न स्थानीय तह, संघ–संस्था, उद्योग प्रतिष्ठान, उद्यमी, व्यवसायी तथा खेलप्रेमी हरुबाट आर्थिक, भौतिक सहयोग संकलन गरेर प्रतियोगिता आयोजना गरिएको क्वलले जनाएको छ ।

यसैबीच पत्रकार सम्मेलनमार्फत क्लबको जर्सी र खेल तालिकासमेत सार्वजनिक गरिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको