पाल्पा । पश्चिम नेपालका पहाडी जिल्लाहरुमा दशैंको फूतपातीदेखि कोजाग्रत पूर्णीमासम्म नाचिने सराय नाचँ नाचेर यो वर्षको दशैंलाई बिदाई गरिएको छ । असत्यमाथि सत्यको विजयी भएको खुसीयालीमा तरवार र खोडा नचाएर देवी मन्दिर र कोतघरहरुमा यो नाच्ने परम्परा रहेको छ । पाल्पाका विभिन्न कोत घर तथा देवीका मन्दिरमा सरायँ नाचेर फूलपाती विर्सजन गरी यस वर्षको बडादशैंलाई बिदाई गरिएको हो।
नवरात्रको सप्तमीमा फूलपाती भित्र्याउदादेखि कोजाग्रत पूर्णीमाको दिनसम्म सराय नाचिने प्रचलन रहँदै आएको छ । सत्य युगमा दुर्गादेवीले असत्यमाथि सत्यको विजयी हासिल गर्दा तरवार र खोडाको प्रयोग गरेको खुसीयालीमा तरवार र खोडा नचाएर कोत घरहहरु तथा देवीका मन्दिरमा सराय नाच्ने गरिन्छ ।
सत्ययुगदेखि नै तरवार, खुकुरीलगायतका हतियार एक आपसमा जुधारदै बाजागाजासहित वाखै, वाखै भनेर सरायँ नाच्ने प्रचलन छ । हातहतियारसहित सरायँ नाचेपछि दुर्गा भवानी प्रसन्न हुने र मनोकाक्षा पूरा हुने विश्वासका साथ २०१३ सालदेखि निरन्तर सरायँनिकालिदै आएको लिपिन्देवी मन्दिर व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष मानबहादुर खड्काले बताए ।
स्थानीय तह र चन्दादाताले सहयोग गरेर मन्दिर र सरायँ नाँचको व्यवस्थापन गरिदै आएको उनको भनाइ छ। केही दशकअघिसम्म पाल्पाका अधिकाँश देवीका मन्दिर कोतघरहरुमा सरायँ निकाल्ने प्रचलन रहेपनि अहिले घट्दो क्रममा रहेको छ ।
बसाइँसराई र विभिन्न कारणले ग्रामीण बस्तीमा मानिसको बसोबास घटेसंगै मौलिक सस्कृति सराय नाच्ने प्रचलनमा पनि क्रमशः कमी आएको जानकारहरु बताउनछन् । यो वर्ष पाल्पाको तानसेनस्थित लिपिनदेवी, बौघागुम्बा, रैनादेवी छहराको रैनादेवी मन्दिर, कटौजेपानीको कालिका मन्दिरलगायतका स्थानमा सराय निकालिएको छ ।
विगतको तुलनामा सरायँ नाच हेर्न मौलिक संस्कृतिसंग रमाउन चाहने युवा पुसको संख्यामा वृद्धि भएपछि संस्कृति संरक्षण र पुस्तान्तरणमा ध्यान दिन नसकेको जानकारहरु बताउछन् । नेपालीहरुको मौलिक सस्कृतिसंग जोडिएको सराय नाचँ जस्ता मौलिक र ऐतिहासिक उत्सवको संरक्षण र प्रर्वद्धनका लागि तीन तहका सरकारले विशेष योजना ल्याउनुपर्ने धर्नसंस्कृतिका जानकारहरु बताउछन् ।






