तानसेन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको ऐतिहासिक सम्पदा रानीमहलको संरक्षण र प्रवद्र्धनलाई साझा दायित्वका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ । उनले रानीमहललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रयासमा साहित्यको भूमिकासमेत महत्वपूर्ण हुने उल्लेख गरे ।
शुक्रबार पाल्पाको तानसेनमा रामचन्द्र खनालद्वारा लिखित ‘रानीमहल’ ऐतिहासिक उपन्यासले विमोचन गर्दै मुख्यमन्त्री आचार्यले रानीमहल कृतिले समग्र लुम्बिनी प्रदेशकै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने बताए । मुख्यमन्त्री आचार्यले रानीमहल लुम्बिनी प्रदेशको साझा सम्पत्ति भएको बताउँदै प्रदेशको ठूलो र साझा सम्पत्ति भएको बताए ।
उनल भने,-” यसको संरक्षण गर्ने दायित्व हामी सबैको साझा हो,’ उनले थपे, ‘रानीमहललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने हिसाबले प्रकाशित यो पुस्तकले हाम्रो पर्यटन प्रवद्र्धन अभियानलाई टेवा पु¥याउनेछ ।”
मुख्यमन्त्री आचार्यले रानीमहलको ऐतिहासिक महत्त्व उजागर गर्न लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच ऐतिहासिक बैठक आयोजना गरिएको जानकारी दिए । रानीमहललाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्दै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउने उद्देश्यले प्रदेश सरकारले विभिन्न कार्यक्रम अघि बढाएको उनको भनाइ छ ।
कालीगण्डकी नदी किनारमा अवस्थित रानीमहल नेपालको महत्त्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय सम्पदा हो । खड्गशमशेर जबराले आफ्नी दिवङ्गत पत्नी तेजकुमारीको सम्झनामा विसं १९५४ मा निर्माण गराएको यो महललाई प्रेमको प्रतीकका रूपमा समेत चिनिन्छ । नदी किनारको चट्टानी पहाडमाथि निर्मित महलको विशिष्ट वास्तुकला र ऐतिहासिक पृष्ठभूमिले यसको महत्त्व थप बढाएको छ ।
रानीमहलको संरक्षणसँगै यसको इतिहास, वास्तुकला र सांस्कृतिक महत्त्वको प्रचारप्रसार गर्न सके पर्यटन विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ । ऐतिहासिक सम्पदालाई साहित्यका माध्यमबाट पाठकमाझ पु¥याउने उद्देश्यले लेखक खनालले ‘रानीमहल’ उपन्यास तयार गरेका हुन् । पुस्तकले रानीमहलको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ ।
कार्यक्रममा लेखक रामचन्द्र खनालले पुस्तकबारे जानकारी गराएका थिए । यस्तै प्राध्यापक डा. मुरारी पराजुलीले उपन्यासमाथि टिप्पणी गरेका थिए ।
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले पाल्पाको मात्रै नभएर समग्र प्रदेश र नेपालकै ऐतिहासिक तथा प्रमील जोडिका लागि महमत्वपूर्ण गन्तव्यका रुपमा रानीमहललाई विकास गर्न सबैले सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय सभा सदस्य, संविधानसभा सदस्य, पूर्व सासंद प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुखसहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।






