तानसेन । पाल्पामा नयाँ धान भित्र्याएपछि देवीलाई चडाएर मात्रै खानका लागि न्वागी महोत्सव गरिएको छ। पुर्खौदेखि चलिआएको प्रचलन अनुसार रैनादेवी छहरा गाउँपालिकाको रैनादेवी मन्दिर र तिनाउ गाउँपालिकाको झ्यांग्ला लगायतका गाउँहरुमा न्वागी खाने अवसरमा मेला नै लगाइएको हो।
मेलामा नयाँ चामलाई दहीसहित अन्य मीठाइका परिकारसंग मिसाएर देवीलाई चडाएर मात्रै स्थानीयले सेवन गर्ने प्रचलन रहेको छ। यसरी देवीलाई चडाएरपछि मात्रै नयाँ चामल खान सुरु गर्नाले अन्न खपत हुने, मुसा किराले नखाने र गाउँका मानिस र गाईवस्तुलाई पनि राम्रो हुो विश्वासका साथ न्वागी पर्व मनाइदै आएको तिनाउस्थित दोभानका राजेश श्रेष्ठले बताए ।
यस्तै रैनादेवी छहराको वडा नंं ३ को रैनादेवी मन्दिर परिसरमा दुई दिनसम्म न्वागी मेला संचालन भएको मेलामा न्वागी खानेसंगै स्थानीय मौलिक कला संस्कृतिको प्रस्तुती समेत गरिएको वडा अध्यक्ष प्रदिप पौडेलले जानकारी दिनुभयो छ ।
मेलाका अवसरमा मन्दिरहरुमा भाकल अनुसारको वली समेत चडाउने गरिन्छ। मेलाको अवसरमा स्थानीय कला संस्कृति र राष्ट्रियस्तरका कलाकारको पनि प्रस्तुती रहेको थियो।
भुवनपोखरीमा पाल्पाका सेन वंशीय राजा मुकुन्द सेन द्वितीयले विसं १८२९ तिर रैनादेवीको दैनिक पूजाआजाका लागि भुवनपोखरीको लामपातेमा ४० मुरी धान फल्ने खेत गुठीका रूपमा प्रदान गरिएको ऐतिहासिक तथ्य रहेको वडाध्यक्ष पौडेलले बताए ।






