आज पनि घट्याे सुनकाे मूल्य, कतिमा भएकाे छ काराेबार

काठमाडाैं। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु छ हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ११० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६० हजार ९०० र चाँदीको मूल्य तीन हजार ३८० कायम छ ।

मङ्गलबार पनि सुनकाे मूल्य घटेकाे थियाे । मंगलबार छापावाल सुन प्रतितोला रु दुई लाख ६७ हजार २०० र चाँदीको मूल्य रु तीन हजार ४९० कायम थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको