स्वास्थ्यकर्मीलाई सास्तीः काजमा खटाए पनि दैनिक २ चोटी स्वास्थ्य केन्द्रमै हाजिर गर्नुपर्ने

तानसेन। पाल्पाको तानसेन नगरपालिका वडा नं. ८ मदनपोखराको वडा कार्यालय नजिकै आधारभूत स्वास्थ्य सेवा केन्द्र छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी सोही वडाको छापमा इकाई स्थापना गरिएको छ।

सेवालाई प्रभावकारी बनाउन दुई स्थानबाट सेवा दिने लक्ष्यसहित इकाई स्थापना गरिएको नगरपालिकाले जनाएको छ । तर, तेही  इकाईमा काजमा खटिएकी एक जना कर्मचारीले भने हाजिरीको नाममा दैनिक सास्ती खेप्दै आएको बताएकी छन् । इकाइमा अहेव पदमा कार्यरत दीपा सोमैले कार्यलयमा उपस्थित भएको हाजिरी गर्न बिहान बेलुका स्वास्थ्य चौकीमा पुग्नुपर्ने बाध्यात्मक परिस्थितीले सास्ती खेप्दै आएको बताइन् ।

गएको पुस महिनादेखि इलेक्ट्रोनिक हाजिरी जडान भएपछि दैनिक बिहान बेलुका स्वास्थ्य चौकीमा पुगेर हाजिर गर्दै आएको उनकाे भनाइ छ । ‘पहिले हिडेर जान्थे अहिले स्कुटर किनेर बिहान बेलुका आधा आधा घण्टा लगाएर हाजिर गर्न जाने आउने गर्दै आएको छु ।”

महंगो पेट्रोल खर्चिएर दैनिक दुई चोटी हाजिर गर्न मात्रै जानुपर्ने बाध्यताले समय र पैसा दुवै खर्च भएको उनको गुनासो छ । सोमैले बिदाको समयमा पनि गाउँघरमा सेवा दिँदै आएको बताएकी छन् ।

यता नगरपालिकाको स्वास्थ्य शाखा संयोजन झविन्द्र न्यौपानेले भने, काजमा खटिएको कर्मचारीले दैनिक हाजिर गर्न जान नपर्ने भएपनि उनले हाजिर गर्दै आएको बताए । उनले आफूले दुःख नदिन भनेपछि कर्मचारी स्वयमले हाजिर गर्ने गरेको बताए।

स्वास्थ्य चौकीका एकजना कर्मचारीले भने सोही स्थानमा दरबन्दी भएको हुँदा अनिवार्य रुपमा हाजिर गराउँदै आएको जानकारी दिए।

तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले भने, काजमा खटिएको कर्मचारीलाई दोहोरो मार पर्ने गरी हाजिर गराउन नहुने बताए । उनले स्वास्थ्य शाखासंग समन्वय गरेर काम गर्ने स्थानमै हाजिर गर्ने व्यवस्था गर्न नगरपालिकाले पहल गर्ने जानकारी दिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको