पाल्पा । रिब्दीकोट गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र ढुंगा, गिट्टी, बालुवालगायत निर्माणजन्य पदार्थको अवैध उत्खनन, संकलन तथा ओसारपसारमा रोक लगाएको छ। गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न स्थानमा निर्माणजन्य पदार्थको अवैध उत्खनन, संकलन तथा ओसारपसारमा राेक लगाएकाे हाे ।
यस्ता कार्य भइरहेको भन्ने गुनासो प्राप्त भएको जनाउँदै गाउँपालिकाको अनुमति बिना यस्ता निर्माणजन्य पदार्थ उत्खनन, संकलन तथा ओसारपसार नगर्न र नगराउन सम्बन्धित सबैलाई सूचित गरिएको सूचनामा उल्लेख छ।
गाउँपालिकाले जारी गरेको सूचनाविपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।
गाउँपालिकाले २०८३ मंसिर ७ गते सार्वजनिक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो।






