तानसेन। पाल्पामा बिएसी सिएस आइटी विषयको अध्यापन हुने भएको छ । त्रिभुवन बहुमुखी क्यापस पाल्पाले पहिलो पटक कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएस आइटी) विषय अध्यापनका लागि स्वीकृत पाएसंगै जिल्लामै यो विषय पढ्न पाइने भएको हो।
शुक्रबार क्याम्पसमा पत्रकार सम्मेलन गरी यो शैक्षिक शत्रबाट विएस्सी सिएस आइटी विषयको पठन–पाठन सञ्चालन गर्न लागिएको क्याम्पस प्रमुख टंकप्रसाद पन्तले बताए ।
विज्ञान विषय लिई कक्षा १२ वा प्रविधि धारतर्फ १०० पुर्णङ्कको फिजिक्स र १०० पुर्णङ्कको गणित विषय उत्र्तिण गरी कम्तीमा सि ग्रेड ल्याएका विद्यार्थीले यही विएस्सी सिएस आइटी पढ्न पाउन्छन् ।
यो कार्यक्रम ४ वर्षे अवधिमा ८ सेमेस्टरको हुने छ । जसका लागि तीन लाख ५० हजारसम्म खर्च लाग्ने क्याम्पसले अनुमान गरेको छ ।





















