स्थानीय तहमा महिला जनप्रतिनिधिहरुको अर्थपूर्ण सहभागिता गराउने

पाल्पा । दलित महिला केन्द्र र तानसेन नगरापलिकाको आयोजनामा प्रभावकारी र समावेशी स्थानीय सरकारको सवलीकरण कार्यक्रम अन्तरगत स्थानीय तहको निर्वाचनमा महिला जनप्रतिनिधिहरुको सहभागिता सुनिश्चित गर्न नगरस्तरीय राजनैतिक पार्टीका प्रतिनिधिहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

द एसिया फाउडेसनको प्राविधिक सहयोगमा सञ्चालिन परियोजनाले स्थानीय तहमा महिला जनप्रतिनिधिहरुको अर्थपूर्ण सहभागिता गराउने उद्देश्यका साथ सो कार्यक्रम सम्पन्न भएको हो ।

तानसेन नगरपालिकाकी नगर उपप्रमुख प्रतिक्षा सिंजालीले निर्णायक तहमा महिला सहभागिता पुरयाउन अझै आवश्यक रहेको बताइन् । तानसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डेयले स्थानीय तहमा जनप्रतिनिधिहरुको क्षमता विकासमा स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहेको बताइन् । कार्यक्रममा नेकपा माओवादी तानसेन नगरकमिटिका पदाधिकारीहरु बीच गरिएको अन्तरक्रियामा स्थानीय तहको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता गराउने प्रतिवद्धता जनाएका थिए ।

सो कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरेले सहजीकरण गरे । कार्यक्रममा कार्यक्रम म्यानेजर रन्जु रसलाीको स्वागत मन्तव्य र तानसेन नगरपालिकाको प्रशासन प्रमुख भरत आर्चायले कार्यक्रम सञ्चालन गरेका थिए । सो कार्यक्रम तानसेन नगरपालिका नगर उपप्रमुख प्रतिक्षा सिंजालीको अध्यक्षतामा सम्पन्न भयो ।

तपाईको प्रतिक्रिया