तानसेनमा आइतबार सार्वजनिक बिदा

तानसेन। पाल्पाको तानसेन नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कात्तिक १६ गते आइतबार तानसेन वडा नंं–१४ स्थित रुरुक्षेत्रधाम रीडीमा निकालिने सिन्दुर यात्राका लागि बिदा दिने निर्णय गरेको हो। नगर कार्यपालिकाको गत असोज २६ गते बसेको बैंठकले सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।

ऋषिकेश मन्दिर रहेको रुरु क्षेत्रधामलाई नेपालको चार धाम मध्येको एक धार्मिक, सांस्कृतिक धरोहरका रुपमा लिने गरिन्छ । नगरपालिकाले बिदा दिएर उक्त रथ यात्रालाई भव्य रुपमा मनाउने साथै मन्दिरको महिमालाई प्रचार प्रसार राख्ने उद्देश्य रहेको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । बिदाको दिन नगर कार्यापालिकाको कार्यालयसहित अत्यावश्यक बाहेका सबै सेवा बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

पाल्पा, गुल्मी र स्याङ्जा गरी तीन जिल्लाको सङ्गमस्थल रुरु क्षेत्रधाम रिडीमा रहेको ऋषिकेश मन्दिर पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले विसं १५७५ मा कालीगण्डकी नदीमा नुहाउने क्रममा भेटिएको शिला अर्थात् मूर्तिलाई कालीगण्डकी र रिडी खोलाको सङ्गम स्थानमा ऋषिकेश मन्दिर निर्माण गरेका हुन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको