भोटेकोशी विपत्तीमा परेकाको सम्झनामा भैरवनाथ मन्दिरमा विशेष कार्यक्रम

तानसेन । भोटेकोशी विपत्तीमा परेकाको सम्झनामा भैरवनाथ मन्दिरमा विशेष कार्यक्रम हुने भएको छ । रिब्दीकोट गाउँपालिका–४ स्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिले बाढी तथा पहिरोका कारण ज्यान गुमाएका र हालसम्म बेपत्ता रहेका नेपाली नागरिकहरूको सम्झनामा विशेष कार्यक्रम आयोजना गर्ने भएको हो ।

समितिले असोज २१ गते बिहान ११ बजे मन्दिर परिसरमा दीप प्रज्वलन एवं भजन कीर्तन कार्यक्रम आयोजना गर्ने जनाएको छ ।
हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवार तथा दिवंगत र बेपत्ता नागरिकहरूको स्मृतिमा कार्यक्रम आयोजना गर्न लागिएको समितिका सचिव शिव पोखरेलले जानकारी दिए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद खनालले देशमा परेको विपत्तीमा मन्दिर परिवार संगै रहेको जनाउँदै उक्त कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् । खनाल नेतृत्वको नयाँ समिति हालै गठन भएको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको