तानसेन। पश्चिम पाल्पाको लाइफलाइन मानिने हार्थोक-छहरा मोटर बाटोमा मालबहाक सवारी संचालनमा रोक लगाइएको छ । उक्त खण्डको हार्थोकस्थित खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र जाने बाटोदेखि लप्सीको बोटसम्म जाने मोटर बाटो कालोपे गर्न लागिएको हुँदा ट्रक तथा टिपर संचालनमा रोक लगाइएको हो ।
गाउँपालिकाले बिहीबार एक सूचना निकालेर बिहीबार राति १२ बजेदेखि मंसिर ६ गते बेलुका ६ बजेसम्म सवारी संचालनमा रोक लगाउने जनाएको छ ।
साथै उक्त समयमा वैकल्पिक मार्गहरु डुम्रे-कुसुमखोला गाउँपालिका भवन, कन्टीपोखारा, देउराली, लघुवा तथा डुम्रे, कुसुमखोला, कन्टीपोखरा, सिजी रोड सडक खण्डको प्रयोग गर्न समेत अनुरोध गरेको छ ।























