तानसेन। पाल्पाको रामपुर नगरपालिकाले विवाह पञ्चमीको अवसरमा मङ्सिर ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कार्तिक २४ गते बसेकाे कार्यपालिका बैठकबाट विवाह उत्सव भव्यताका साथ सम्पन्न गर्नका लागि रामपुर नगरपालिकाले मङसिर ९ गते नगरपालिका मातहतका कार्यालय, सार्वजनिक विद्यालय तथा संघ संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको रामपुर नगरपालिकाले जनाएको छ ।
विवाह पञ्चमीको अवसरमा रामपुर नगरपालिका–३ सीताकुण्डमा राम–सीता विवाह उत्सवको तयारी भइरहेको छ । धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्न वडा नं. ५ बाट बेहुला पक्ष भएर जन्त जाने र वडा नं. ३ र ४ का स्थानीय र सरोकारवालाहरुले माइती पक्षको रुपमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
त्रेतायुगमा भगवान राम चन्द्र वनबासको क्रममा स्नान गरेको पवित्र भुमि वडा नं. ५ स्थिति कालीगण्डकी किनारको रामघाटमाबाट जन्त निकाल्ने, रामपुर क्षेत्रमा घुम्ने क्रममा भगवान सीता रजस्वाला भएको समयमा भगवान रामले वाण प्रहार गरी पानी निकालेर नुहाउने व्यवस्था मिलाएको वडा नं. ३ स्थित सीताकुण्डमा जन्तीलाई स्वागत गरी विवाह उत्सव मनाउने तयारी गरिएको जनाइएकाे छ ।





















