तानसेन। पाल्पामा मोडिफाई गरी संचालन गरेका मोटरसाइकल नियन्त्रणमा लिएर चालकलाई कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले तानसेन बजार क्षेत्रमा स्वरुप परिवर्तन गरी चर्को आवाज निकाली ध्वनी प्रदुषण गर्ने मोटरसाई नियन्त्रणमा लिएको हो।
ट्राफिक नियम विपरित चर्को ध्वनीमा संचालन गरिएका ७ वटा मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनहरु मर्मत गर्न लगाई सवारी चालकहरुलाई आवश्यक कारबाही गरिएको हो।
यसैबीच जिल्लामा दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पूर्ण पालन गर्न गराउन र नियम विपरितका गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने अभियान संचालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।





















