जलेश्वरमा हुने महायज्ञलाई व्यवस्थित गर्न छलफलमा रिब्दीकोटबासी

पाल्पा । रिब्दीकोट गाउँपालिका वडा न.५ स्थित धार्मिक, सास्कृतिक, पर्यटकीय तथा ऐतिहासिक स्थल जलेश्वर मन्दिर (धाम) मा महा शिवरात्रीको पावन अवसरमा यहि आउदो माघ २२ गतेदेखि फागुन ३ गतेसम्म बृहत शिव पुराण महायज्ञलाई व्यवस्थित रुपमा सम्पन्न गर्न छलफलमा जुटेका छन् ।

रिब्दीकोट जलेश्वर पर्यटन क्षेत्र बिकास समितिको आयोजना एवं रिब्दीकोट गाउँपालिकाको सहजिकरणमा गाउँपालिकाभित्रका सम्पुर्ण वडाका वडा अध्यक्षहरु, पालिकाभित्रका सक्रिय राजनितिक दलका प्रतिनिधिहरु तथा जलेश्वर मन्दिर व्यबस्थापन समितिका पदाधिकारीहरुको उपस्थितिमा छलफल भएको हो । महायज्ञले जलेश्वर क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुने अपेक्षा लिएको छ ।

गाउँपालिकाको भवनमा भएको छलफल कार्यक्रम रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जलेश्वर क्षेत्रमा जति प्रचार गरी पर्यटकको आगमन बढाउने योजना रहेको बताए ।

तपभूमि जलेश्वर क्षेत्र महायज्ञ गरी पर्यटकीय क्षेत्रमा मानिसहरुको चहलपहल ल्याउन गाउँपालिकाले मेहनत गर्ने अध्यक्ष कार्कीले बताए ।
रिब्दीकोट गाउँपालिकाका पूर्व अध्यक्ष नारायण बहादुर जिसिले महायज्ञलाई व्यवस्थित बनाउन जनप्रतिनिधिदेखि नागरिकहरुको सक्रियतापूर्ण लाग्न अनुरोध गरे ।
उपाध्यक्ष कान्ता अधिकारी र प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले महायज्ञ गरी धार्मिक पर्यटकीय क्षेत्रको विकासमा योगदान पुग्ने बताए ।

अन्तरक्रिया एवं छलफल कार्यक्रममा उपस्थित सम्पुर्ण राजनितिक दलका प्रतिनिधिहरुले पालिकाभित्र संचालन हुन गइरहेको बृहत् शिव पुराण महायज्ञमा आफुहरुले आ–आफ्नो क्षेत्रबाट तन, मन लगाएर साथ सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेका रिब्दीकोट जलेश्वर पर्यटन क्षेत्र बिकास समितिका अध्यक्ष वेणिमाधब आचार्यले बताए ।

तपाईको प्रतिक्रिया