नेकपा पाल्पाले गर्यो प्रत्यक्षतर्फ १२ जनाको नाम सिफारिस

पाल्पा। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पाल्पाले १२ जनाको नाम सिफारिस गरेको छ । नेकपाको जिल्लास्थित बैठकले क्षेत्र नं. १ मा पाँच जना र क्षेत्र नम्बर २ का लागि सात जनाको नाम सिफारिस गरेको हो ।

क्षेत्र नं. १ का लागि हुम बहादुर सुनारी मगर, कमल राज भट्टराई, लिला कुमारी बगाले सोमै, नारायणी खनाल र युवामा मीन प्रसाद गिरीको नाम सिफारिस गरेको हो।

यस्तै क्षेत्र नं. २ का लागि सिफारिस हुनेहरूमा सोमप्रसाद पाण्डे, यादव बहादुर रायमाझी, नेत्र प्रसाद पाण्डे, डेमलाल घिमिरे (अनिल किशोर), पुरन खड्का, राजेन्द्र बहादुर बिक र तुलसा राना रहेका रहेका छन् ।

पाण्डे ५२ सालदेखि निरन्तर सोही निर्वाचन क्षेत्रमा चुनाव लड्दै आएका र उद्योग मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका व्यक्ति हुन् । यस्तै रायमाझी पूर्व सांसद, राना संविधानसभा सदस्य हुन् भने, खड्का विद्यार्थी राजनीतिबाट राजनीतिमा आएका ४० वर्षमुनिका युवामा पर्दछन् ।

तपाईको प्रतिक्रिया